एभरेष्ट बैंकको २८ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ।
आज सम्पन्न भएको वार्षिक साधारणसभाले लाभांश प्रस्ताव पारित गरेको छ। बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २०.६८ प्रतिशत नगद लाभांश पारित गरेको हो ।
बैंकको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
