झापाबाट कुन दलका कति जना बने त सांसद ?

२६ मंसिर २०७९, सोमबार ११:३५

झापाबाट ३३ जना प्रतिनिधि र प्रदेशसभाका लागि सांसद बन्ने अवसर पाएका छन् ।

प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश र प्रतिनिधिसभामा झापाबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या अधिक छ । प्रतिनिधिसभातर्फ पाँच निर्वाचन क्षेत्र रहेको झापामा समानुपातिकबाट ७ जना सांसद भएका छन् ।

यसैगरी प्रदेशसभामा प्रत्यक्ष निर्वाचित १० र समानुपातितर्फ ११ जना गरी २१ सांसद बनेका छन् । प्रदेशमा समानुपातिकबाट चयन हुने ३७ जना सांसदमध्ये झापाका ११ जना छन् । प्रदेशमा मात्र एउटै जिल्लाका २१ जना सांसद भएका छन् ।

मोरङबाट २० जना प्रदेश सभा सदस्य बनेका छन् । जसमा समानुपातिकबाट ८ जना छन् । सुनसरीबाट ८ प्रत्यक्ष र ७ समानुपातिक गरी १५, उदयपुरबाट ४ प्रत्यक्ष र ४ जना समानुपातिक गरी ८ जना सांसद चयन भएका छन् ।

समानुपातिकतर्फ प्रदेशमा एमालेका १५, कांग्रेसका १२, माओवादी केन्द्रका ४, राप्रपाका ४, जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) का एक एक जना सांसद बनेका छन् ।