गगन थापाको कारण एमसीसी पास भएको खुलासा

२५ मंसिर २०७९, आईतवार ११:२४

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले यही मंसिर ४ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा माओवादीका उम्मेदवारलाई भोट हाल्नुहुदैन भनेको समचार बाहिरीएको छ ।

उनले पार्टी सभापति शेरबहादुर देउवाको पक्षका उम्मेदवारलाई पनि हराउनुपर्छ भनेको कुराहरु पनि अहिले आएर खुलासा हुुन थालेको छ। विभिन्न सञ्चारमाध्यमहरु बाहिरीएको समचार अनुसार महामन्त्री थापाले जसरी हुन्छ, शेरबहादुर पक्षलार्ई कमजोर बनाउने र माओवादीलाई हराउने दाउ खेलेको बिस्तारै खुलस्त भइरहेको छ ।

उनले डा.शेखर कोइरालाका पक्षलाई जिताउने रणनीति रचेको र कुनै पनि हालतमा देउवालाई संसदीय नेता बन्न नदिने पक्षमा रहेको पनि उक्त समचारमा लेखिएको छ। महामन्त्री थापालाई अमेरिकाको समर्थनसमेत रहेको कारण पैसाको अभाव नहुने पनि खेलेको छ। साथै उनलाई चुनाव जिताउन अमेरिकाले नै पैसा खर्च गर्ने गरेको पनि खुलासा भएको छ ।

अमेरिकाले महामन्त्री थापालाई नै संसदीय दलको नेता र देशको प्रधानमन्त्री बनाउनुपर्छ भनेर लागेको पनि खुलेको छ । उनकै जोडबलले गर्दा नै एमसीसी पास भएको पनि उक्त समचारमा लेखिएको छ।