सरकारले सवारी प्रदुषण परीक्षणलाई कडा बनाउने

२२ मंसिर २०७९, बिहीबार ०९:१९

सरकारले सवारी प्रदुषण परीक्षणलाई कडा बनाउने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै प्रदुषण जाँच पास नभएका सवारीसाधन चलाएको भेटिए एक लाख रुपैयाँसम्म जरिवाना हुने बताएको छ ।

हिउदको मौसममा काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँहरुमा वायु प्रदुषणको अवस्था बिग्रँदै गएको र मुख्य कारकहरुमध्ये सवारी साधनबाट निस्कने धुँवा र खुल्ला रुपमा फोहोर जलाउदा निस्कने धुँवा भएको विभागको ठहर छ ।

छड्के जाँचका क्रममा उपत्यकामा सञ्चालन भइरहेका सवारीसाधनहरुको धुँवा निस्कासनको अवस्था अत्यन्त दयनीय पाइएकोले भन्दै विभागले आगामी दिनमा प्रदुषण परीक्षण सघनताका साथ प्रभावकारी रुपमा गर्ने बताएको छ ।

अहिले मापदण्डभन्दा बढी प्रदुषण गरिरहेका सवारीसाधनलाई एकपटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइएकोमा २०७९ साल पौष १ गतेपछि विभागको परीक्षणमा प्रदुषण जाँच पास हुन नसक्ने सवारी साधनहरुलाई वातावरण संरक्षण ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम एक लाख रुपैयासम्म जरिवाना हुने विभागले जनाएको छ ।

यस्तो छ विभागको सूचना :