गोकुल बाँस्कोटाले किन प्रचण्ड र माधव नेपाललाई यस्तो भने

२१ मंसिर २०७९, बुधबार १८:५५

नेकपा एमालेका नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाले नेपालका वामपन्थी पार्टीहरूमा वामएकताको स्वर हराउन थालेको टिप्पणी गरेका छन् ।

कतारमा जारी विश्वकपमा स्पेन पराजित भएको प्रसंगलाई जोड्दै नेपालका वामपन्थीहरूकै जनमतको कारणले कांग्रेस ठूलो पार्टी भएको पार्टी बनेको बताए । उनले फेसबुकमा लेखेका छन्, ‘‘कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका वामपन्थी पार्टीहरूमा वाम एकताका स्वर पनि हराउन थाल्या छन् । कही जनमत र केही हर्कतबाट कांग्रेस ठूलो भै सक्यो ।’’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गरेर अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी नभरिने बताएका छन् ।

प्रचण्ड र माधवलाई कटाक्ष गर्दै फेसबुकमा लेखेका छन्, ‘‘कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका बामपन्थी पार्टीहरुमा बाम एकताका स्वर पनि हराउन थाल्या छन।कही जनमत र केही हर्कतबाट कांग्रेस ठुलो भै सक्यो।अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृती काम छैन।’’

सत्तागठबन्धनको आडमा निर्वाचनमा होमिएको माओवादी १८ सीटमा सीमित भएको छ भने नेकपा एसले प्रत्यक्षमा १० सीट जितेपनि थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्न असफल भएको छ ।