के नेकपा एसलाई ‘थ्रेसहोल्ड’ पार गर्न आवश्यक मत पुग्ला त ?

२१ मंसिर २०७९, बुधबार ११:४०

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभाको समानुपातिक तर्फ एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको छ। त्यसको ३ प्रतिशत तीन लाख १६ हजार ८०२ हुन्छ।

एकीकृत समाजवादीले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ। त्यसहिसाबले ‘थ्रेसहोल्ड’ पार गर्न १८ हजार ४११ मत अपुग भएको देखिन्छ। गत वर्ष नेकपा (एमाले)बाट विभाजित भएर बनेको यो पार्टीले प्रत्यक्षतर्फ १० स्थानमा जित हासिल गरेको छ। ए

कीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, प्रकाश ज्वाला, धनबहादुर बुढा, अम्मरबहादुर थापा, शेरबहादुर कुँँवर, भानुभक्त जोशी र प्रेमवहादुर आले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

एकीकृत समाजवादी सहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनाव गएको थियो।