नक्कली फेसबुक पेज बनाएर ठगीको प्रयास गर्ने एक जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ।
नागरिकलाई झुक्याउने तथा ठगी गर्ने अभिप्रायले साइबर ब्युरो नेपाल नामक नक्कली फेसबुक पेज बनाएर चलाउने चितवनको रत्ननगरको झुवानी टोलका करण महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
