गणपति लविसंमा कर्मचारी आवश्यकता कहिलेसम्म आवेदन दिन पाइने ?

२० मंसिर २०७९, मंगलवार १५:५८

गणपति लघुवित्त वित्तीय संस्थाले रित्त रहेको पदका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले बरिष्ठ सहायक पदको लागि दरखास्त आह्वान गरेको हो । उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तिमा ३ बर्ष कार्य गरेको हुनु पर्नेछ ।

शाखा कार्यालयमा दोश्रो तहको जिम्मेवारीमा रहेर कार्य गरेको, दुर्ई पांङ्ग्रे सवारी साधनको लाइसेन्स र सवारी साधन भएकोलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ ।

आवेदन दिन चाहाने व्यक्ति १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनु पर्नेछ । दरखास्त दिने अन्तिम आगामी पौष ५ गते मंगलबारसम्म रहेको छ ।