मंगलबार दिउँसो ३ः०० बजेसम्मको मत परिणाम अनुसार नेकपा एमालेले समानुपातिकतर्फ २८,४५,६४१ मतका साथ अग्रस्थानमा रहेको छ ।
नेपाली काँग्रेस २७,१५,२२५ मत प्राप्त गरेको छ । एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी) ११,७५,६८४मत र राष्ट्रिय स्वतन्त्र पार्टी ११,३०,३४४ मत प्राप्त गरेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ५,८८,८४९ मत प्राप्त गरेको छ भने जनता समाजवादी पार्टी, नेपाल ४,२१,३१३ मत प्राप्त गरेको छ । , जनमत पार्टी ३,९४,६५५ मत प्राप्त गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) २,९८,३९१ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टी २,७१,७२२ मत र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १,६७,३६७ मत प्राप्त गरेको छ ।
नेपाल मजदुर किसान पार्टी ७५,१६८ मत प्राप्त गरेको छ भने हाम्रो नेपाली पार्टी ५५,७४३ मत प्राप्त गरेको छ । मंगोल नेशनल अर्गनाइजेशन ४९,००० मत र राष्ट्रिय जनमोर्चा ४६,५०४ मत प्राप्त गरेको छ ।
यस्तै नेपाल संघीय समाजवादी पार्टी ४१,८३० मत प्राप्त गरेको छ भने नेकपा (मार्क्सवादी लेनिनवादी) ३०,५९९ मत प्राप्त गरेको छ । राष्ट्रिय जनमुक्ति पार्टी २३,९३४ मत र जनता प्रगतिशिल पार्टी, नेपाल १८,०५९ मत र यस्तै अन्य पार्टीहरु क्रमशः रहेका छन्
