एनएमबि बैंकले ४४ हजार कित्ता बिक्री गर्दै, कति छ मूल्य ?

१९ मंसिर २०७९, सोमबार १०:५२

मंसिर २६ गतेदेखि एनएमबि बैंकले संस्थापक समूहको ४४ हजार ७६१ कित्ता सेयर बिक्री खुला गर्ने भएको छ ।

उक्त बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले पुस ४ गते दिउँसो २ बजेसम्म शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी, काठमाडौंमा लगानीकर्ताले बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँ भन्दा बढी रकमको आवेदन दिनेले प्यान नम्बर पनि फारममा उल्लेख गर्नु पर्नेछ ।