नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
जिल्ला प्रहरी परिस भक्तपुरका डिएसपी राजु पाण्डे जानकारी दिए अनुसार बास्कोटाको भक्तपुरको मध्यपुरथिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीमा रहेको घरमा आइतबार बिहान शंकास्पद वस्तु फेला परेको थियो ।
