नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको छ।
आज बिहान प्लास्टिकभित्र राखेको अवस्थामा भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ। घरको सिढीमा तार जोडिएको अवस्थामा प्रेसर कुकर देखिएको छ।
बास्कोटाको घरमा शंकास्पद वस्तु रहेको जानकारी आएपछि घटनास्थलमा नेपाली सेनालाई पठाइएको भक्तपुरकी सिडिओ रूद्रादेवी शर्माले बताइन्।
उनले भनिन् ‘शंकास्पद वस्तु फेला परेको जानकारी आएको छ। हामीले नेपाली सेनालाई खबर गरेका छौं ।’ मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा बास्कोटा काभ्रे २ बाट सांसद निर्वाचित भएका छन्।
