अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८ प्रतिशत बोनस सेयर आफ्ना लगानीकर्तालाई वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरूलाई उक्त बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैँकले ८ प्रतिशत बोनस सेयरसहित ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजारको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव आगामी २५ औं वार्षिक साधारण सभाको बैठकले पारित गरेपछि मात्रै वितरण हुनेछ ।
