नेकपा एमालेले प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ अग्रता कायमै राखेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आज विहान ११ः२० बजेसम्मको मत परिणाम अनुसार एमालेले २६,०७,४७२ मत ल्याएको छ भने नेपाली काँग्रेसले २४,७०,२३४ मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा ११,०९,७७९
मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १०,७९,०९४ मत पाएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५,५४,७५७ मत पाउँदा जनता समाजवादी पार्टीले ३,६७,७७३ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले २,६८,४७९ मत पाएको छ भने जनमत पार्टीले ३,१६,६५३ मत पाएको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टी २,४५,५६१ मत, लोकतान्त्रिक समाजवादी पार्टी १,३८,६९८ मत, मजदुर किसान पार्टीले ७३,२४३ मत र राष्ट्रिय जनमोर्चाले ४५,३५० मत पाएको छ ।
