दिउँसो ३ः०० बजेसम्मको मत परिणाम अनुसार कुन दलले कति मत ल्याए ?

१२ मंसिर २०७९, सोमबार १५:११

नेकपा एमालेले प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ अग्रता कायमै राखेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको आज दिउँसो ३ः०० बजेसम्मको मत परिणाम अनुसार एमालेले २५,३५,२३९ मत ल्याएको छ भने नेपाली काँग्रेसले २४,००,७५६ मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा १०,६६,८३३
मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १०,६३,५१३ मत पाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५,४५,६०९ मत पाउँदा जनता समाजवादी पार्टीले ३,२९,८९० मत पाएको छ । नेकपा एकीकृत समाजवादीले २,५३,१४९ मत पाएको छ भने जनमत पार्टीले २,६६,१०० मत पाएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी २,३७,९६१ मत, लोकतान्त्रिक समाजवादी पार्टी १,२७,८८६ मत, मजदुर किसान पार्टीले ७२,७८४ मत र राष्ट्रिय जनमोर्चाले ४४,८८० मत पाएको छ ।