प्रतिनिधि र प्रदेश सभामा कुन दल कति सित जित्यो र कति स्थानमा अग्रता लिएको छ ?

१२ मंसिर २०७९, सोमबार १४:३५

नेपाली काँग्रेसले प्रतिनिधि सभा सदस्यतर्फ ५३ स्थानमा विजयी भएको छ भने ३ स्थानमा अग्रता लिएको छ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यतर्फ ४३ स्थानमा विजयी प्राप्त गरेको छ भने १ स्थानमा अग्रता लिएको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र) १७ स्थानमा विजयी भएको छ भने नेकपा एकीकृत समाजवादीले ११ स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७/७ स्थानमा विजयी भएका छन् ।

जनता समाजवादी पार्टी नेपाल ७ स्थानमा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ४ स्थानमा विजयी भएको छ । नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा विजयी हासिल गरेको छ । यस्तै मजदुर किसान पार्टीले १ स्थानमा, राष्ट्रिय जनमोर्चाले १ स्थानमा र जनमत पार्टीले १ स्थानमा विजयी भएको छ ।

यस्तै प्रदेश सभा सदस्यतर्फ नेपाली काँग्रेसले १०३ स्थानमा विजयी भएको छ भने ३ स्थानमा अग्रता लिएको छ । नेकपा एमालेले ८५ स्थानमा विजयस् भएको छ भने २ स्थानमा अग्रता लिएको छ । नेकपा (माओवादी केन्द्र) ५१ स्थानमा विजयी भएको छ भने नेकपा एकीकृत समाजवादीले १४ स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा)ले ११ स्थानमा विजयी भएका छ।

जनता समाजवादी पार्टी नेपाल १० स्थानमा विजयी भएको छ भने १ स्थानमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ९ स्थानमा विजयी भएको छ । नागरिक उन्मुक्ति पार्टीले ७ स्थानमा विजयी हासिल गरेको छ । यस्तै मजदुर किसान पार्टीले १ स्थानमा र जनमत पार्टीले ७ स्थानमा विजयी भएको छ ।