नेकपा एमालेले प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ अग्रता कायमै राखेको छ। नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीलाई पछाडि पार्दै तेस्रो स्थानमा पुर्याएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आज विहान ९ः३० बजेसम्मको मत परिणाम अनुसार एमालेले २५,२८,७६६ मत ल्याएको छ भने नेपाली काँग्रेसले २३,९४,२३९ मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा १०,५९,५२९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १०,६२,८६६ मत पाएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५,४५,०३१ मत पाउँदा जनता समाजवादी पार्टीले ३,२३,८७० मत पाएको छ । नेकपा एकीकृत समाजवादीले २,५०,९९४ मत पाएको छ भने जनमत पार्टीले २,६०,१६० मत पाएको छ ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टी २,३७,९५५ मत, लोकतान्त्रिक समाजवादी पार्टी १,२७,०६० मत, मजदुर किसान पार्टीले ७२,७७९ मत र राष्ट्रिय जनमोर्चाले ४४,८५३ पाएको छ ।
