दिउँसो ३ः३० बजेसम्मको मत परिणाम अनुसार कुन दलले कति मत ल्याए ?

११ मंसिर २०७९, आईतवार १५:४६

नेकपा एमालेले प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको आज दिउँसो ३ः३० बजेसम्मको मत परिणाम अनुसार एमालेले २४,१३,२२२ मत ल्याएको छ भने नेपाली काँग्रेसले २२,९४,९८३ मत पाएको छ । यस्तै नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा १०,०५,६७९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९,८३,५२२ मत पाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५,१३,९११ मत पाउँदा जनता समाजवादी पार्टीले ३,००,४४९ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले २,३५,३७५ मत पाएको छ भने जनमत पार्टीले २,३४,१२७ मत पाएको छ ।

त्यस्तै नागरिक उन्मुक्ति पार्टी १२,०२,०७९ मत, लोकतान्त्रिक समाजवादी पार्टी १,२२,५५७ मत, मजदुर किसान पार्टीले ७०,३७१ मत र राष्ट्रिय जनमोर्चा
४३,९२६ पाएको छ ।