राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

११ मंसिर २०७९, आईतवार १०:५१

चितवन जिल्लामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ ।

चितवन प्रहरीका अनुसार शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको हो। उक्त आगलागीबाट कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । यस्तै आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।

कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए ।