नेकपा (एमाले) का नेता तुलसीप्रसाद चौधरी रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को (२) बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
नेपाली काँग्रेसका रामचन्द्र ढकाललाई १६ हजार ३ सय ९४ मत ल्याउँदै उनले पराजित गरेका हुन् ।
कांग्रेस उम्मेदवार १६ हजार १ सय ९३ मत प्राप्त गरेका थिए। निर्वाचन कार्यालयका अनुसार २ सय १ मतको अन्तरले पराजित गरेका हुन्। चौधरी २०७४ सालको निर्वाचनमा पनि लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
