पहिलो पटक पाल्पा २ बाट एमालेका नेता ठाकुर गैरे विजयी

९ मंसिर २०७९, शुक्रबार १५:४७

नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरे पहिलो पटक पाल्पा क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

नेकपा एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेयलाई ३९६६ मतान्तरले पराजित गर्दै गैरे विजयी भएका हुन्। गैरेले २७८१७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी पाण्डेय २३८५१ मत ल्याए।