प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ कैलाली ५ मा गठबन्धनको पूरै प्यानल विजयी भएको छ ।
सत्तारुढ गठबन्धनका साझा एवं नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराज पन्त कडा प्रतिस्पर्धाकाबीच प्रतिनिधिसभा सदस्यमा विजय भएका छन् भने नेकपा माओवादी केन्द्रका रमेश सिंह धामी प्रदेश सभा (१) मा र नेपाली कांग्रेसका प्रकाश देउवा प्रदेश सभा (२) मा विजयी भएका हुन् ।
नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई एक हजार ७३ मतले हराउँदै पन्त विजयी भएका हुन् । पन्तले २१ हजार ३९१ मत ल्याएका छन् भने रानाले २० हजार ३१८ ल्याए।
