महोत्तरी १ मा गिरिराजमणि पोखरेलको अग्रता

९ मंसिर २०७९, शुक्रबार १४:२६

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले महोत्तरी १ बाट ६९७ मतले अग्रता लिएका छन् ।

एमालेका लक्ष्मी महतो कोइरीलाई पछाडि पार्दै सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेलले अग्रता लिएका हुन् ।

पोखरेलले १४ हजार ५९ मत ल्याएका छन् भने महतोले १३ हजार ३६२ मत मात्रै ल्याएका छन् । जनमत पार्टीका राजकिशोर साहले २ हजार ४७५ मत ल्याएका छन् ।