गुल्मी १ बाट चन्द्र भण्डारी विजयी

९ मंसिर २०७९, शुक्रबार १२:०३

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी गुल्मी १ बाट प्रतिनिधि सभाका लागि विजयी भएका छन् । उनले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका छन् ।

हजार बढी मतले भण्डारीले जित निकाल्दा ज्ञवाली भने स्तब्ध भएका छन् । लगातार यहि क्षेत्रबाट चुनाव जितिरहेका ज्ञवाली यसपटक झिनो मतले पराजित हुन पुगेका छन् ।

निर्वाचन आयोगले केही बेरमा भण्डारीलाई प्रमाणपत्र दिने तयारी गरेको छ ।