सङ्खुवासभाबाट प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्र निर्वाचित

९ मंसिर २०७९, शुक्रबार ११:५४

सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र कार्की (नवीन) निर्वाचित भएका छन् । उनी १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएको साहयक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए । कार्की ३४ मतान्तरले विजयी भए ।

त्यस्तै नेकपा एमालेका भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याए । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई क्षेत्र रहेका छन् । सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा .(२) को मतगणना जारी छ ।