काभ्रेपलाञ्चोक २ मा एमाले उम्मेदवार गोकुल बास्कोटाले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणामअनुसार उनी करिब १५ सय मतान्तरले अगाडि छन् । बास्कोटाले २७ हजार १८२ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी कांग्रेसका शिव प्रसाद हुमागाईंले २५ हजार ६४९ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६ हजार ५०३ मत पाएका छन् ।
