डा. तोसिमा कार्की ललितपुर ३ बाट विजयी

८ मंसिर २०७९, बिहीबार ०८:४४

ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी भएकी छन् ।

अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जा मन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।

यसअघि २०७४ को निर्वाचनमा एमालेको साथमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।