अर्घाखाँचीबाट एमालेका तीनै जना उम्मेदवार विजयी

८ मंसिर २०७९, बिहीबार ०७:०९

लुम्बिनी प्रदेश अर्घाखाँचीबाट प्रतिनिधि सभा र प्रदेश सभाको दुई वटै क्षेत्रमा नेकपा एमाले विजयी भएको छ।

नेकपा एमालेका केन्द्रीय सचिव टोप बहादुर रायमाझीले प्रतिनिधि सभामा नेपाली कांग्रेस तथा गठबन्धनका साझा उम्मेदवार पुष्पा भुसाल गौतमलाई १७३० मतान्तरले पराजित गरेका छन्।  रायमाझीले ४२६७५ मत लिएर विजयी भएका छन् भने गठबन्धनका साझा उम्मेदवार भुसालले ४०९४५ मत पाइन् ।

यस्तै अर्घाखाँचीको प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्यले २०५२५ मत लिएर विजयी छन् भने प्रदेश सभा (ख) मा एमालेका रामजी प्रसाद घिमिरेले २२७८९ मत लिएर विजयी भएका हुन्।