गोकुल बास्कोटाले काभ्रे–२ मा अग्रता लिए

७ मंसिर २०७९, बुधबार १२:०३

नेकपा एमालेका गोकुल बास्कोटाले काभ्रे–२ मा ६ सय १९ मतले अग्रता लिएका छन्।

यसअघि नेपाली कांग्रेसका शिव हुमागाईंलाई बास्कोटाले पछ्याइरहेका थिए। बास्कोटाले १३ हजार ७ सय २८ मत ल्याएका छन् भने हुमागईंले १३ हजार १ सय ९ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५ हजार १४ मत ल्याएर तेस्रो स्थानमा छन्।