नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही २ मा झिनो मतले अग्रता लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई ७४० मतान्तरले पछि पार्दै पौडेलले अग्रता कायमै राखेका हुन् । २५ हजार ३५ मत गणना गर्दा एमालेका विष्णु पौडेलले ८ हजार ५९४ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका रास्वपाका पौडेलले ७ हजार ८५४ मत पाएका छन् । यसतै सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका जनमुक्ति पार्टिका केशवबहादुर थापाले ६ हजार ६०४ मत पाएका छन् । यो क्षेत्रमा ८१ हजार २०२ मत खसेको थियो । अब गन्न बाँकी मत ५५ हजार बढी छन् ।
