सीके रातउको जित निश्चित

७ मंसिर २०७९, बुधबार ११:०६

सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभातर्फ जनमत पार्टीका अध्यक्ष डा. सीके रातउको जित निश्चित भएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भन्दा उनी १४ हजारभन्दा धेरै मतको अग्रता लिएका छन्। अब गन्न बाँकी मत करिब ११ हजार रहेको अवस्थामा राउतको १४ हजार ४९२ मतान्तर रहेको छ।

रातउले २८ हजार ७४९ मत ल्याउँदा यादव १४ हजार २५७ मा समेटिएका छन्। यससँगै राउतले आफ्नो जित पक्का गरिसकेका छन्। सत्ता गठबन्धनको साथ लिएर उठेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार जयप्रकाश ठाकुर ५ हजार ८१७ मतमा समेटिएका छन्।

यस्तै प्रदेशसभा तर्फ सप्तरी २ को (क) मा जनमत पार्टीका सतिश कुमार सिंह २ को (ख) मा पनि जनमतकै महेश प्रसाद यादव विजयी भइसकेका छन्।