निर्वाचन आयोग नेपालका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ हालसम्म नेपाली कांग्रसले सातवटा निर्वाचन क्षेत्रमा विजयी भएको छ ।
सुदूपश्चिम प्रदेश डडेलधुरा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले २५५३४ मत लिएर विजयी भएका छन् । यस्तै बागमती प्रदेश काठमाडौं क्षेत्र नं. ३ मा सन्तोष चालिसेले १५१५८ मत लिएरर विजयी भएका छन् भने काठमाडौं क्षेत्र नं. ४ बाट कांग्रेसका महामन्त्री गगन कुमार थापाले २९३०२ मत लिएर विजयी भएका हुन् ।
यस्तै बागमती प्रदेश ललितपुर क्षेत्र नं. १ मा उदय शंशेर ज.ब. राणाले २३८९२ मत लिएर विजयी भएका छन् । गण्डकी प्रदेश मनाङ्ग क्षेत्र नं. १ बाट टेक बहादुर गरुङले २५७५ मत लिएर विजयी भएका छन् भने मुस्ताङ क्षेत्र नं. १ बाट युवा नेता योगेश गौचन थकालीले ३९९२ मत लिएर विजयी भएका छन्
त्यसैगरी कर्णाली प्रदेश सुर्खेत क्षेत्र नं. २ बाट हृदराम थानीले ३४६२५ मत लिएर विजयी भएका छन् । हालसम्म कांग्रेसले ७ वटा निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको छ ।
