सुनसरी १ मा माओवादी केन्द्रको अग्रता

६ मंसिर २०७९, मंगलवार १७:०३

सुनसरीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा माओवादीका मुक्साहाङ मेन्याङ्बोको अग्रता बढ्दै गएको छ । उनलाई जसपाका नेता अशोक राईले पछ्याइरहेका छन् ।

भर्खरै सार्वजनिक भएको विवरण अनुसार मेन्याङ्बोले १ हजार ७३८ मत ल्याउँदा राईले १ हजार ४५२ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १ हजार ३९३ मत पाएकी छिन् ।

यस्तै स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले १ हजार १८१ मत ल्याएका छन् ।