प्रतिनिधि सभामा काठमाडौं ४ बाट निर्वाचित भएका गगन थापाले राजनीतिले नयाँ गति खोजेको बताएका छन्।
जितपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गरेको काम गरेर अगाडि बढ्न नसकिने बताए। उनले भने, कांग्रेसले बुझ्नुपर्ने कुरा, देशले केही नयाँ खोजेको छ। राजनीतिले नयाँ गति खोजेको छ। अहिलेसम्म जे गरेको हो, त्यही गरेर अगाडि बढ्न सक्दैनौँ भन्ने कुरा बुझ्नुपर्छ ।’
उनले यतिबेला कांग्रेसका बढीभन्दा बढी उम्मेदवारहरु जितेर आउन् भन्ने कामना गरिरहेको बताए। ‘गठबन्धनमा रहनुभएका साथीहरु जति बढी जितेर आउनुहुन्छ, स्थिर सरकार दिन सक्ने हो। त्यही नै प्रार्थना गरिरहेको हो’, उनले भने।
