सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पछि पार्दै कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् । बस्नेतको ४ हजार ६१६ मत पाएका छन् । तामाङले २ हजार ९३९ मत पाउँदा बस्नेत १६७७ सय बढी मतले अघि देखिएका छन् । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को इन्द्रावती गाउँपालिकाको ६ वटा वडाको मत गणना हुँदा यो परिणाम आएको हो ।
यस्तै प्रदेशसभातर्फ प्रदेश प्रदेश ‘ख’ मा माओवादीका युवराज दुलालले ४ हजार ५२९ मतले अग्रता लिएका छन् भने प्रतिस्पर्धी एमालेका अमानसिंह तामाङले २ हजार ८४४ मत पाएका छन् । दुलालले १ हजार ६८५ मतले अग्रता हासिल गरेका छन् ।
