प्रतिनिधि सभा सदस्यतर्फ कुन पार्टी कति ठाँउमा अग्रस्थानमा छन् ?

६ मंसिर २०७९, मंगलवार ०६:१८

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा सदस्यमा २ स्थनमा विजय भएको छ भने ४१ स्थानमा अग्रता लिएको छ ।

नेकपा एमालेले ३५ ठाँउमा अग्रता लिएको छ भने नेकपा (माओवादी केन्द्र) ले ११ ठाँउमा, राष्ट्रिय स्वतन्त्र पार्टी ८ ठाँउमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ६ ठाँउमा र अन्य १८ ठाँउमा अग्रस्थानमा छन् ।