बाँके ३ मा नेकपा एमालेले अग्रता बढाउँदै

५ मंसिर २०७९, सोमबार १९:२२

बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार किशोर सिंह राठोरसँग एमालेका उम्मेदवार किस्मत कुमार कक्षपतिले ६७६ मतको अग्रता बनाएका छन् ।

एमाले उम्मेदवार कक्षपतिले पछिल्लो मत परिणामअनुसार ३ हजार ९९ मत पाएका छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता राठोरले २ हजार ४२३ मत पाएका छन् । सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले एक हजार ५१ मतसहित तेस्रो स्थानमा छन् ।