झापा क्षेत्र नं. ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मत अग्रतामा कायम रहेको छ।
पछिल्लो मत परिणाम अनुसार ओलीले २ हजार २०० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ९४८ मत ल्याएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३४० मतसहित तेस्रो स्थानमा छन्। झापा ५ मा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल रहेको छ।
