अर्घाखाँचीमा एमालेका उम्मेदवार टोप बहादुर रायमाझीको अग्रता

५ मंसिर २०७९, सोमबार १७:२१

अर्घाखाँचीमा नेकपा (एमालेका उम्मेदवार टोप बहादुर रायमाझीले अग्रता लिएका छन् ।

२०६९ मतगणना हुँदा रायमाझीले ११८६ मत प्राप्त गरेका छन् भने गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसालले ७४७ मत प्राप्त गरेकी छिन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरी प्रसाद भुसालले ६४ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नेत्र बहादुर थापाले ८ मत भने राप्रपाका उम्मेदवार होम नारायण वेल्वासेले ५ मत पाएका छन् ।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार मधु बहादुर सारुले १ मत पाएका छने जनसमाजवादी पार्टी नेपाल उम्मेदवार
पीताम्बर अर्याल १ पाएका छन् । यस्तै ५७ मत बदर भएको छ ।