काठमाडौं ८ मा सुमन सायमीको अग्रता

५ मंसिर २०७९, सोमबार १५:५४

काठमाडौं ८ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीले पछिल्लो मतगणना अनुसार अग्रता लिएका छन्।

कूल ४ हजार ९० मतगणना गर्दा सायमीले १ हजार ३ सय ३७ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विराज भक्त श्रेष्ठले १ हजार ९०, नेकपा एमालेका शिव सुन्दर राज वैद्यले ५ सय ८७ र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ सय १७ मत प्राप्त गरेका छन्।