मकवानपुर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्यायको अग्रता

५ मंसिर २०७९, सोमबार १५:४६

मकवानपुर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)ले राप्रपा नेपालका उम्मेदवार कमल थापालाई पछि पार्दै अग्रता लिएकी छन्।

एक हजार ३३५ मत गणना हुँदा उपाध्यायले ७८९ मत पाएकी छन्। सूर्य चिह्नबाट चुनाव लडेका राप्रपा नेपालका अध्यक्ष थापाले ३५१ मत पाएका छन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह तेस्रो नम्बरमा छन्। उनले ५० मत पाएका छन्।