चितवन २ मा १०० मत गणना हुँदा एमालेको अग्रता रवि तेस्रो स्थानमा

५ मंसिर २०७९, सोमबार १५:१८

चितवन २ को प्रारम्भिक मतगणनाको परिणाम आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तेस्रो स्थानमा देखिएका छन् ।

१०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५३ मतका साथ अग्रता लिएका छन् ।

उनलाई कांग्रेसका उमेश श्रेष्ठले ३३ मतका साथ पछ्याइरहेका छन् । लामिछानेले ५ मत मात्र पाएका छन् ।