रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय प्रमुख चिन्तामणि शर्माले बताए ।
यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका भरतकुमार शाह र नेकपा एमालेका वासुदेव घिमिरे मुख्य प्रतिस्पर्धामा रहेका छन् । प्रदेश सभा सदस्यमा गठबन्धनका फखरुद्धिन खान, एमालेका भूमिश्वर ढकाल, विनोद पहाडी रामचन्द्र यादव लगायत प्रतिस्पर्धामा रहेका छन् ।
एक लाख २९ हजार १३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार ७३६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
