काठमाडौं १ मा प्रकाशमान सिंहको अग्रता

५ मंसिर २०७९, सोमबार ११:३१

काठमाडौं १ मा हालसम्म प्राप्त मतपरिणामअनुसार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ७ सय ५४ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् । यस्तै विवेकशील साझा पतर्टीका उम्मेदवार रविन्द्र मिश्रले ६ सय ८० मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । एमालेका किरण पौडेलको ४ सय ९६ मत रहेको छ ।

नेपाल सुशासन पार्टीका रमेश खरेलले १ सय २५ मत प्राप्त गरेका छन् ।