मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । ५ हजार ८ सय २० मतगणना हुँदा कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले ३१५६ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले २५२१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ६६ मत प्राप्त गरेका छन् । मुस्ताङमा १०९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो।
