सप्तरी २ मा सिके राउतको अग्रता

५ मंसिर २०७९, सोमबार १०:४७

सप्तरी निर्वाचन क्षेत्र नं.२ मा सुरु भएको मतगाणनामा सिके राउतले अग्रता लिएका छन्।

अहिलेसम्म गणना भएको सय मतमा राउतले ५१, जसपा अध्यक्ष उपेन्द्र यादवले २४ र लोसपाका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन्।

जसपाअध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष राउतबीच कडा प्रतिस्पर्धा देखिएको छ। यो निर्वाचनलाई यतिबेला सर्वाधिक चासोपूर्वक हेरिएको छ। यसअघि ०७४ मा यहाँबाट उपेन्द्र यादव निर्वाचित भएका थिए।