धनुषा ३ मा एमालेकी जुली महतोको सुरुवाती अग्रता

५ मंसिर २०७९, सोमबार ०८:५३

धनुषा क्षेत्र नम्बर ३ मा एमालेकी जुली महतोले सुरुवाती अग्रता लिएकी छिन्।

बिहान ५ बजेदेखि सुुरु भएको मतगणनामा ६ सय मत गन्दा महतोले २ सय ५७ ल्याएकी छिन्। यस्तै जनमत पार्टीका शम्भु साहले १ सय ५५ र लोसपाका अनिल कुमार झाले १ सय ३० मत ल्याएका छन्।

धनुषाको क्षेत्र नम्बर १, २ र ४ को मतगणना ९ बजेदेखि सुुरु हुँदैछ।