काठमाडौं क्षेत्र नं. ७ को प्रतिनिधिसभातर्फको मतगणना जारी रहेको छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, एमालेका उम्मेदवार दोस्रो र माओवादी केन्द्रका उम्मेदवार तेस्रो नम्बरमा रहेका छन् ।
काठमाडौं ७ मा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मत, एमालेका श्यामकुमार घिमिरेले ९३ मत र माओवादी केन्द्रकी मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् । यस्तै हाम्रो नेपाली पार्टीका प्रवेन्द्र पोख्रेलले ७२ मत प्राप्त गरेका छन् । यो मत परिणाम ७ सय ९ मत गणना गर्दाको परिणाम हो ।
