नेपाली सेनाको हेलिकप्टरबाट सातवटा हिमाली जिल्लाका मतपेटिका ढुवानी गरिने

४ मंसिर २०७९, आईतवार २०:३६

नेपाली सेनाको हेलिकप्टरबाट सातवटा हिमाली जिल्लाका विकट मतदान केन्द्रका मतपेटिका ढुवानी गरिने भएको छ ।

सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै सातवटा हिमाली जिल्लाका अति विकट मतदान केन्द्रका मतपेटिकाहरु नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी मौसमले साथ दिए सोमबार अपरान्ह चार बजेभित्र सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गर्ने योजना बनाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।