काठमाडौंको १० वटै क्षेत्रको मतगणना कहाँ कहाँ हुदै छ त ?

४ मंसिर २०७९, आईतवार १८:३५

मतपेटिका संकलनपछि आइतबारै रातिदेखि मतगणना प्रारम्भ गर्ने तयारी रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौं क्षेत्र नं.१ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नं.२ को कागेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र ३ को गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा, क्षेत्र नं.४ को बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा क्षेत्र नं.५ को टोखा नगरपालिकाको श्रीसमाज भवनमा, क्षेत्र नं.६ को तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा, क्षेत्र नं.७ को बालाजुस्थित जुडो हलमा क्षेत्र नं. ८ को स्वयम्भूस्थित गीतामाता विद्यालयमा, क्षेत्र नं.९ को रविभवनस्थित न्याथम कलेजमा र १० को कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा मतगणना हुने भएको छ ।